भिटेन र साइग्रेसको कन्सर्ट भब्यरुपमा सम्पन्न, दिन भरि नाचे दर्शक,

0

नेपाली र्‍याप गायक भि-टेन ले साइप्रसका नेपाली दर्शकलाई दिनभर  नचाएकाछन । लिमासोलको नर्स लाइभ कन्सर्ट भेन्युमा भएको भि-टेनको लाइभ प्रस्तुति र कथा बाचक साइग्रेसको प्रेरणादायी कथाबाचनमा साईप्रसका  नेपालीहरु मन्त्रमुग्ध भएर रमाएका थिए ।

नेपाली युबा पुस्ता माझ निकै लोकप्रिय र्‍यापर भि-टेन र कथाबाचक साइग्रेसलाई एनआरएनएका आइसिसी  लाखे कृयसनले साइप्रसमा बोलाएको थियो ।

करिब ८०० दर्शकले भरिएको हलमा उनिहरुले बिभिन्न पप र्‍याप गीत र सन्देश मुलक कथाबाचन गरेका थिए । साइप्रसको लाइफ ग्रूपका दारी, स्यान्डी, बिजय, आसिड मगर तथी बिशाल गी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमको डिजे बिकास श्रेष्ठ र सोलोनास सोलोमिईदुले गरेका थिए ।

र्‍यापरभि-टेन  युरोपका बिभिन्न देशहरु पोर्तुगल, फ्रान्स, फिनल्यान्ड, पोल्यान्ड र माल्टामा कार्यक्रम सकेर साइप्रस आइपुगेका हुन । १० तारिख आईतबार बेल्जियमको एन्टवेरपेनमा उनको युरोप टुरको अन्तिम प्रस्तुति रहेकोछ ।

Leave A Reply

Your email address will not be published.