एनआरएनए बेल्जियमले मानयो अन्तरराष्ट्रिय महिला दिवस,

0

अन्तरराष्ट्रिय नारी दिवसमा गैर आबासीय नेपाली संघ बेल्जियमले प्रबासका महिलाहरुसँग अन्तरसम्बाद ,अन्तर्कृया र अनुभब  साझा गर्दै  मनाएकोछ ।

बेल्जियमको ब्रुज शहरमा शुक्रवार आयोजित कार्यक्रमलाई बेनेलक्सका लागि नेपाली राजदूत गहेन्द्रराज भण्डारीले शुभकामना दिनु भएको थियो । राजदूत भण्डारीले दुतावास बेल्यिममा रहेका नेपाली समुदायसंग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै महिला सशक्तिकरणको लागि मिलेर काम गर्नु पर्छ भन्नु भयो ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले संगठनका कार्ययोजना बारे प्रकाश पार्दै महिला सशक्तिकरणका लागि आजको दिनले सबैलाई प्रेरणा दिनेछ भन्नु भयो । संस्थाले लगत्तै गर्न लागेको नेपाल मेला र जाजरकोटमा भुकम्पले क्षति पुर्याएको बिद्यालय पुनर्निर्माण गर्ने तयारी बारेमा जानकारी गराउनु भयो ।

एनआरएनए आईसिसी सदस्यहरु हरी भट्टराई, मदन दवाडी लगायतका पदाधिकारीहरुले माहिला दिदिबहिनीहरुलाई शुभकामना दिनु भएको थियो ।
महिला दिवसको कार्यक्रममा बोल्ने महिलाहरुले नेपाली महिलाहरुको हकहित र अधिकारका बारेमा भनाईहरु राख्दै शुभकामना दिनु भएको थियो ।

एनआरएनए बेल्जियमका महिला संयोजक शारादा धितालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संघका पूर्व महिला संयोजकहरुलाई सम्मान गरिएको थियो । ब्रुज क्षेत्रीय संयोजक लक्ष्मी रेग्मीले आगन्तुक अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रम संघकी महासचिव रुविना शर्माले संचालन गरेको कार्यक्रमको सभापतित्व महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक शावित्री गिरीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.