अमेरिकि राष्ट्रपती जो बाइडनबाट पाए नेपाली युबाले सम्मान ,

0

अमेरिकाका राष्ट्रपती जो बाईडेनले पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्मालाई प्रसंशापत्र प्रदान गरेकाछन । बाल्टिमोरमा आयोजित एक कार्यक्रममा शर्मालाई उक्त सम्मान प्रदान गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाईडेनद्वारा हस्ताक्षरित प्रमाण पत्रमा समाजसेवी रविन शर्माले गरेका सामाजिक र मानवीय कामहरुको प्रशंसा गर्दै प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

५३ सय घण्टा सामुदायिक र सामाजिकसेवा गरेको भन्दै शर्मालाई बाईडेन प्रशासनले सम्मान गरेको हो ।

दुई दशकदेखि अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका शर्मा अन्तराष्ट्रिय पर्वत समाजका अमेरिका प्यासिफिक संयोजक पनि हुन ।

नेपालको पर्वत जिल्लाको कुश्माका स्थायी बासिन्दा शर्मा नेपालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय यूवा हुन् । उनले अमेरिकामा पनि शुरुदेखि नै विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरिरहेका छन् ।

मैले गरेका सामाजिक कामको मुल्याङ्कन गरेर अमेरिकी राष्ट्रपतिद्वारा सम्मान गरिएको छ । “म अत्यन्त हर्षित छु” शर्माले भने मलाई समाजप्रति अझै जिम्मेवार भएर अघि बढ्ने प्रेरणा मिलेको छ ।

Leave A Reply

Your email address will not be published.