गैर आबासीय नेपाली संघको निर्वाचनमा भएको धादलीको छानबिन हुँदैछ, नेपालको कानुन अनुसार निर्णय हुन्छ , परराष्ट्रमन्त्री सावद,

0

युरोप भ्रमणमा रहेका नेपाल सरकारका परराष्ट्रमन्त्रि एनपी सावदले गैर आबासीय नेपाली संघको निर्वाचनमा भएको धादलि र त्यस पछिका घटनाक्रमलाई नेपालको कानुन अनुसार सम्बोधन गरिने बताउनु भएकोछ । एनआरएनए जर्मनीले आयोजना गरेको स्वागत कार्यक्रम पछि पत्रकार केजिन राईसँग कुरा गर्दै मन्त्री सावदले एनआरएनएको निर्वाचनमा भएको अनियमितताको छानबिन गरेर त्यसको परिणाम सहित अन्य कागजातहरु मन्त्रालयमा पेश गर्छौ भनेकोमा अहिले सम्म नगरेकोले संस्थाको नबिकरण हुन ढिलाई भएको हो भन्नु भयो ।

महाधिबेशनका बैधानिक कागजात बुझाउन नसक्दा अक्टोबर १७ पछि एनआरएनएको नबिकरण भएको छैन,

तत्कालिन तीन जना अध्यक्षले बक्तब्य जारी गरेर निर्वाचनमा भएको अनियमितताको दुई हप्ता भित्र छानबिन गर्ने र त्यस बेला सम्म निर्वाचनका सबै गतिबिधी स्थगित गर्ने निर्णय गरेका थिए ।

कार्यकारी अध्यक्षको रुपमा आँफैले हस्ताक्षर गरेको निर्णय बिरुद्ध डा बद्रि केसीले सपथ गरेका थिए । उनको सपथ पछी अर्को पक्षले पनि महाधिबेशनको प्रकृयालाई निरन्तरता दिएको भनेर राजेन्द्र कुमार शर्माको नेत्रित्वमा अर्को समिती घोषणा गरेको थियो ।

शर्मा समुहले निर्वाचनमा भएको धादली बिरुद्ध परराष्ट्र मन्त्रालय र सिआईबीमा छानबिनका लागि उजुरी गरेकोछ ।

मन्त्री सावद सँग एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्त, एनआरएनए जर्मनीका पदाधिकारीका साथै शर्मा समुहका उपाध्यक्षहरु गंगाधर गौतम, बिजय मोक्तान, युरोप उपसंयोजक हरी खत्री लगायतले संगठनको बर्तमान अबस्थाका बारेमा जिज्ञाशा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.