एनआरएनए बिबाद समाधानका लागि भूमिका खेलिदिन महेश श्रेष्ठलाई केसी समुहको आग्रह ,

0

गैर आबासीय नेपाली संघको बद्रि केसी समुहका पदाधिकारीहरुले एनआरएनएका निबर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठलाई संस्था भित्रको बिबाद मिलाउन सहयोग गरिदिन अनुरोध गरेकाछन । बेलायतबाट जापान पुगेका केसी समुहका उपाध्यक्ष डा हेमराज शर्मा, उपाध्यक्ष रविन शेरचन, रोशन थापा लगायतले निर्वाचनमा भएको कमजोरी र धादलीको सत्य तथ्य छानबिन गरेर संस्थालाई एकजुट बनाउन अग्रसरता लिन श्रेष्ठलाई आग्रह गरेका हुन ।

श्रेष्ठले बेलायत देखि आफु बासोबास गर्ने देशमा आएका पूर्व सहकर्मि डा शर्मा लगायतका साथीहरुसँग भेट भएको र सो भेटमा संस्था भित्र बढ्दै गएको बिग्रहका बारेमा छलफल भएको बताए । अनलाइन निर्वाचनमा धादली गर्नेहरुलाई आम गैर आबासीय नेपालीले चिन्नु आबस्यक रहेकोले छानबिन गरी दोशिलाई कार्यबाही गरेर संघको अभियानलाई बिश्वाशिलो बनाउन आबस्यक रहेको धारणा आफुले राखेको श्रेष्ठले जानकारी गराउनु भएकोछ ।

गत अक्टोबर महिनामा भएको निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माले एउटा समिती बनाएकाछन भने बद्रि केसी समुहले निर्वाचन आफुले जितेको भनेर छुट्टै समिती बनाएर गतिबिधी गर्दै आएकोछ ।

नेपाल प्रहरिको अनुसंधान ब्युरो सिआइबिले गरेको छानबिनमा पनि अनलाइन निर्वाचनमा छेडखानि भएको प्रमाणित भएकोले त्यसको बिस्त्रित विवरण निर्वाचन गराउने कम्पनिले दिनु पर्ने रिपोर्ट गृह र परराष्ट्र मन्त्रालयलाई दिएकोछ ।

एनआरएनए एनसिसीहरुले पनि अनलाइन निर्वाचनमा भएको त्रुटी सच्याएर छिट्टो संस्थालाई एकताबद्ध बनाएर गतिशिल बनाउनु पर्ने आवाज उठाउदै आएकाछन ।

Leave A Reply

Your email address will not be published.