भुकम्प पीडित बिद्यालयका विद्यार्थीलाई डिसोफ बेल्जियमको सहयोग,

0

अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग गर्ने उद्यस्यले बेल्जियमको ब्रुगेमा नेपालीहरुले स्थापना गरेको संस्था डिस्याबिलिटि इन्टरन्यासनल सोलिड्यारिटी फाउन्डेशन (डिसोफ) ले जाजरकोट जिल्लाका भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोछ ।

जिल्लाको नलगाड नगरपालिकाका ज्ञानोलय प्राथमिक बिद्यालय बाउसेखोला,जनजागरण प्राथामिक बिद्यालय मानचौर र रामभक्त प्राथमिक बिद्यालयका साना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

डिसोफले उपलब्ध गराएका १२५ जोर कपडा जाजरकोट जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री, सदस्य चित्र प्रशाद शर्मा र नलगाड नगरपालिका ४ का वडा अध्यक्ष बद्रि पन्तले एक कार्यक्रममा विद्यार्थीहरुलाई बितरण गर्नु भएकोछ ।

गत नोभेम्बर ३ तारिख गएको भुकम्पले घर भत्किएर अन्य सामाग्री संगै विद्यार्थीहरुका सैक्षिक सामाग्री सहित लत्ता कपडा समेत पुरिएका थिए । जाडो मौसममा न्यानो कपडा नहुँदा ससाना नानीबाबुहरु बिरामी हुने समस्या भएको खबर सुनेर संस्थाको तर्फबाट न्यानो कपडा बितरण गरिएको संस्थाका अध्यक्ष डिल्लि सुब्बाले बताउनु भएकोछ ।

स्थानीय अबिभाबक, शिक्षकहरुका साथै वडा अध्यक्ष पन्तले बिपदको बेला विद्यार्थीहरुलाई सहयोग गरेकोमा डिसोफका सम्पूर्ण पदाधिकारीहरुका साथै सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.