संखुवासभामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त

0

काठमाडौँ – संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

उनले घटनास्थलमा अहिल टेलिफोन सम्पर्क हुन नसकेकोले थप विवरण प्राप्त भइ नसकेको बताए ।

‘दोहोरो भिडन्त भएको छ, दुवैतर्फबाट फायरिङ भएको छ तर टेलिफोन सम्पर्क नहुँदा थप विवरण आएको छैन’, पण्डितले भने ।

Leave A Reply

Your email address will not be published.