अमेरिकाको गुप्तचर ड्रोन खसालेको इरानको दाबी

0

एजेन्सी – अमेरिकाको गुप्तचर ड्रोन आफूहरुले खसालेको इरानको इस्लामिक रिभोलुसन गार्डस क्रप्स (आइआरजिसी) ले दाबी गरेको छ । इरानको हवाई क्षेत्रमा आएको अमेरिकी गुप्तचर ड्रोन आफूहरुले खसालेको आइआरजिसीले दाबी गरेको हो ।

इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक क्षेत्रमा सेनाले ड्रोनमा आक्रमण गरेको उनीहरुले बताएका छन् । अमेरिकी सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । उसले अस्वीकार गरेको छैन र स्वीकार पनि गरेको छैन ।

अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।

गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै अमेरिकाले थप सेना तैनाथ गरेको हो । इरानले भने आरोप अस्वीकार गर्दै आएको छ । इरानले अब युरेनियमको उत्पादन बढाउने घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.