ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जनकपुरका तीन होटल जलेर नष्ट

0

जनकपुर – धुनषाको जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा तीनवटा होटलमा क्षति भएको छ । तीन होटल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा आगलागी भएको र त्यसका कारण ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो । जसका कारण सँगै रहेको सियाराम मिष्टान्न भण्डार र एक होटलमा पनि आगो फैलिएको हो ।

एकै ठाउँमा रहेका आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासका सिलिण्डर बिस्फोट भएका हुन् । घटनामा मानवीय क्षति भएको छैन । आगो नियन्त्रणमा आएको छ । सुरुमा गोविन्द मिष्टान्न भण्डारमा विद्युत सर्ट भएर आगो लागेको थियो ।

Leave A Reply

Your email address will not be published.