प्रधानसेनापति थापाद्वारा चिनियाँ सेनापतिसँग शिष्टाचार भेट

0

काठमाण्डौ – जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापन सहयोग अन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका सामग्री, उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरे ।

प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाल लगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा यही असार १ गतेदेखि सप्ताहव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

रासस

Leave A Reply

Your email address will not be published.