कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट

0

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ ।

स्थानीय दिपक बिसिको घर भाडामा लिएर कार्यालय संचालन गरेको सम्पर्क कार्यालयमा शनिबार प्रेसर कुकर बम बिस्फोट भएको हो । यो अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको छ।

बिस्फोटबाट आसपासका केही भान र शौचालय भत्किएको छ भने एउटा मोटरसाईकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए । उनले घटनामा संलग्न समुहको खोजिका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

Leave A Reply

Your email address will not be published.