फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’

0

१८ जुनमा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनकि गरिने

विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ । तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने टेकक्रन्चले जनाएको छ ।

फेसबुकका अनुसार उक्त ‘क्रिप्टोकरेन्सी’लाई सेतो कागजमा आधारभूत व्‍याख्या र विष्लेषणसहित बहुराष्ट्रिय कम्पनीहरु समक्ष प्रोजेक्टको रुपमा प्रस्तुत गरिनेछ ।

क्रिप्टोकरेन्सीलाई विश्‍वबजारमा खुद्रामा परिणत गरेर डलर जस्तै बनाउन र मुद्राको मूल्‍यको रुपमा फैलाउन ऋणको रुपमा मद्दत गर्ने उत्तरी युरोपका वित्तीय प्रमुखले जर्मन म्‍यागाजिनका रिष्टचाफ्टवोच सेब्स्टेन क्रिस्चलाई भेटघाटपछि बताएका छन् ।

उनले भनेका छन्, ‘मैले लौरासँग मनि२०२० युरोपको आम्सटरदनमा मंगलबार भेटेको थिए । उसले त्‍यसपछि फेसबुकको विद्युतीय कारोबारबारेमा अनौपचारिक कुराकानीभयो ।आफू त्‍यसमा प्रत्‍यक्ष रुपमा सहभागी नभए पनि डेभिड मार्कस भने फेसबुकको ब्लकचेन टेक्नोलोजीले भने आन्तरिक रुपमा काम गरिरहेको छ । तर पनि म जुन १८ सम्‍म पर्खिन्छु र पानामै पढ्ने आशामा छु ’

यस्तै फेसबुकको सूचना प्रमुखद्वय एलेक्स हिथ र जोन भिक्टोरले समेत जुन महिनामै क्रिप्टोकरेन्सी सार्वजनकि हुने जानकारी दिएको टेकक्रन्चले उल्लेख गरेको छ । तर फेसबुकले भने आफ्नो उक्त क्रिप्टोकरेन्सी प्रोजेक्टबारेको समाचारबारे टिप्पणी गर्न अस्विकार गर्दै आएको छ । तर स्रोतहरुका अनुसार फेसबुकले सन् २०२० लाई लक्षित गरेर औपचारिक सार्वजनिक गर्ने योजनामा रहेको छ ।

तर लिब्राको माध्‍यमबाट भने फेसबुकमा कल गर्न सकिनेछ भने सामाजिक नेटवर्कमा भुक्तानीको लागि समेत कल गर्न सकिने छ । यसको प्रयोग साथीको बीचमा कम र बिना पैसा प्रवासीहरु जो विदेशमा काम गरिरहेका छन् उसको लागि बढी लाभदायी हुने बताइएको छ । यसलाई एउटा मनी ट्रान्सफरको रुपमा विकास गरिनेछ ।

यस्तै अप्रत्यक्ष रुपमा क्रेडिट कार्डबाट हुने कारोबारलाई पनि अब क्रिप्टोकरेन्सीमा रुपान्तरण गरेर फेसबुकले सजिलो अवसर बनाइदिनेछ भने परम्परागत व्‍यापार, व्‍यावसायलाई सजिलो, भरपर्दो र छरितोको रुपमा माइक्रो फाइनान्सको सुविधा दिनेछ ।

यतिमात्र होइन यसले स-सना समाचार आर्टिकलहरुकव लागि पनि माइक्रोट्रान्सको सुविधा प्रदान गर्न सक्नेछ । साथै कुन ब्राण्ड,कति लोकप्रियता लगायत फेसबुकले विज्ञापन मापन, र्‍याङकिङ तथा मुख्‍य व्‍यावसायलाई लक्षित गर्न सहयोगी भूमिका निभाउनेछ ।

फेसबुकले क्रिप्टोकरेन्सीमा कसरी काम गर्छ ?

फेसबुकले आफ्नो नाम लिब्रा कोडनेम राखे जस्तै प्रयोगकर्ताकै नाममा क्रिप्टोकरेन्सी बनाउनेछ । यसलाई पछि विश्वले ग्लोबल क्वाइनको रुपमा चिन्‍नेछैनन् किनकी यसलाई फेसबुकले छुटै नाममा दर्ता गरिसकेको छ, जसलाई लिब्रा नेटवर्कस् भनिएको छ र यसको आर्थिक कारोबार स्विटजरल्याण्डबाट हुने रोयटर्सले दाबी गरेको छ। लिब्रा लिबोरको पूर्ण रुप हो जसको अर्थ हुनेछ, लण्डन इन्टर बैंक अफर रेट । यही नै पछि विश्व व्‍यापी रुपमा बैंकिङ कारोबारमा काम लाग्‍नेछ । तर अहिले यसलाई भने मानिसहरुले कसैको नामसँग जोडेर हेर्ने गरेका छन् जुन विल्कुलै होइन ।

टोकन- यो क्रिप्टोकरेन्सी स्थिर मुद्राको रुपमा रहनेछ । यसको टोकन डिजाइन नै स्थिरता कायम गर्नको लागि बनाइएको छ। किनकी मुद्रा स्फिति जथाभावी नहोस भनेर पहिल्यै सचेतता अपनाएर योजना अनुरुप डेकोरेशनको प्रक्रिया गरिएको छ ।

यस्तै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत मुद्राको स्फितिको रिस्कमा काम गर्न सहज र स्थिर होस भनेर फेसबुकले यसको लागि विभिन्‍न फाइन्नान्सियल तथा वित्तिय संस्थाहरुलाई करीब १ विलयन डलर छुट्याइसकेको छ भने धेरै मुलुकसँग यसलाई कसरी स्थिरता कायम राख्‍ने भन्‍नेबारेमा काम समेत गरिरहेको छ ।

प्रयोग कसरी हुनेछ ?

फेसबुकले ल्‍याउने यो पैसा शुन्‍य लागतमा पार्दर्शिताका हिसाबले म्‍यासेन्जर र ह्वाट्स एप्समार्फत कार्यान्वयन हुनेछ । फेसबुकले यसको लागि थुप्रै मर्चेन्टसँग सहकार्यमा पेमेन्ट र साइन अप बोनसबारे काम गरिरहेको छ । यकासाथै फेसबुकले भौतिक रुपमा बैंकको एटिममार्फत समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न सक्‍ने बताएको छ ।

टीममा को को सहभागी ?

फेसबुकको ब्लकचेन प्रोजेक्टमा अहिले खासगरी पेपालका पूर्व अध्‍यक्ष र फेसबुक म्यासेन्जरका प्रमुख डेभिड मार्कस देखिएका छन् । तर उनीहरुको टीममा इनस्टाग्रामका पूर्वअध्‍यक्ष केभिन वेइल, फेसबुकका फर्मर कोरपोरेट प्रमुख सुनिता पारासौरमन कार्यरत छन् । यसका साथै पारासौरमनलाई क्रिप्टोकरेन्सीमा काम गर्ने थुप्रै इन्जिनियरहरुले सघाइरहेका छन् ।

सरकारी निकायसँग सहकार्य

फेसबुकले एउटा स्वतन्त्र फाउन्डेशन बनाउनको लागि र क्रिप्टोकरेन्सीलाई निरीक्षण गर्नको लागि सरकारी निकायसँग पनि सहकार्य गर्ने भएको छ । विभिन्‍न कम्पनीहरुले रकमलाई चुस्त र दुरुस्त रुपमा उपयोग गर्न सरकारी निकायको मद्दत चाहिने भएकाले सँगै सहकार्यका लागि १० बिलियन डलर छुट्याएको छ ।

यसलाई फेसबुकले सरकारी प्रोजेक्ट पनि भनेको छ।किनकी पछि फेसबुक एक्लैले यसको नियमिततालाई धान्‍न सकेन भने सरकारी निकायले सम्हाल्‍न सक्‍ने योजनाका साथ अगाडि बढेको छ ।

Leave A Reply

Your email address will not be published.