नवलपरासीमा प्रदर्शनकारी र प्रहरीबीच झडप

परासी, ३० साउन । नवलपरासीको बासाबसहीमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परी तराई–मधेस सद्भावना पार्टीका केन्द्रीय महासचिव सुरेन्द्रकुमार पटेल, मनरी–१ का कोमलप्रसाद चौधरी, विकास हरिजन र देवगाउँ– ५…

नेका नेता पौडेलको अन्त्येष्टि

पोेखरा, ३० साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टीका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गएको बिहीबार राति लेखनाथ नगरपालिकाको गगनगौँडामा हत्या गरिएका नेपाली काँग्रेसका नेता रामजी पौडेल…

धर्ना

धर्म निरपेक्षसहितको संविधान जारी गर भन्दै बानेश्वरमा धर्नामा बसेका वौद्ध धर्माबलम्बीलगायत अन्य धर्माबलम्बीहरु ।

प्रधानमन्त्री कोइराला–सम्बोधन

नेपाली काङग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ नामक शीर्षक संस्मरणात्मक कृति विमोचनपछि आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री सुशील कोइराला ।

शनिबार बिहान पराकम्पन

काठमाडौं, ३० साउन । शनिबार बिहान १०:१० बजे दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युटको पराकम्पन गएको छ । गत वैशाखको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम कै निरन्तरतास्वरुप शनिबार बिहानको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले…

थरुहट बन्दले जनजीवन प्रभावित

बर्दिया, ३० साउन । चितवनदेखि कञ्चनपुरसम्मको भूभाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द पाँच दिन हुँदा पनि फिर्ता नभएपछि पश्चिम तराईको जनजीवन थप कष्टकर बनेको छ । हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाईएको प्रदेश…

सीमाङ्कन परिमार्जन हुनसक्छ: उपप्रम सिंह

काठमाडौं, ३० साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताउनुभएको छ । एक्टिभिस्ट नेपालले आज बिहान आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“ सबै…

भारतीय स्वतन्त्रता दिवसमा नेपाललाई उपहार

काठमाडौं, ३० साउन । भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष…

देश टुक्र्याउँछु भन्‍नेहरू लखेटिए

काठमाडौं, ३० साउन । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति…

नेपाली काँग्रेसका कार्यकर्ता ‘बादल’को हत्या

पोखरा, २९ साउन । नेपाली काँग्रेस कास्कीका सक्रिय कार्यकर्ता रामजी पौडेल ‘बादल’को गएराति करिब ९ बजेतिर लेखनाथ नगरपालिकाको वडा नं –१३ गगनगौडामा हत्या गरिएको छ । सो वडास्थित वुद्धिमान गुरुङको घरमा बैठक सकी घर फर्कने क्रममा बाटोमा बसेका तीनजना…