भूकम्प पीडितलाई बेल्जियमबाट १९ हजार यूरो

0

ब्रसेल्स, २ भदौ । नेपाली दूतावास बेल्जियमले भूकम्प पीडितका लागि १९ हजार एक सय पाँच यूरो जम्मा गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नयाँ बैंक खाता सञ्चालन गरेवापत ८ यूरो घटाएर गत जुलाई ३१ सम्म जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सहयोग संकलनका लागि दूतावासले सञ्चालन गरेको खातामा सबैभन्दा बढी ब्रासिरिज बोरेज विजिमाल बेल्जियमले सहयोग उपलब्ध गराएको थियो । उसले १० हजार ११ यूरो ५३ सेन्ट उपलब्ध गराएको थियो । त्यसपछि एनआरएन लक्जमवर्गले २ हजार यूरो जम्मा गरेको थियो । झापा समाजका पदाधिकारीहरुले ११ सय ५० यूरो संकलन गरेका थिए भने एनआरएन यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एक हजार एक यूरो सहयोग उपलब्ध गराउनुभएको थियो ।
त्यसैरी तमु समाज बेल्जियमले ९ सय ९९ यूरो ९९ सेन्ट उपलब्ध गराएको थियो भने जनसम्पर्क समिति बेल्जियमले ५ सय ५१ यूरो उपलब्ध गराएको थियो । यसै गरी राजदूत राममणि पोखरेलले २ सय ५५ यूरो उपलब्ध गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.