राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ ।
इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय…
नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।
सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको…
मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
हेटौँडा \ उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ। थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना…
आज स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । गत साउन ६ गते इटली जानु भएको प्रधानमन्त्री दाहाल भ्रमण सकाएर शुक्रबार स्वदेश फर्कन लाग्नु भएको हो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि…
एनआरएनए आयरल्यान्डमा प्रकाश सापकोटा
गैर आबासीय नेपाली संघ आयरल्यान्डको आगामी कार्यकालका लागि भएको निर्वाचनमा प्रकाश सापकोटा अध्यक्षमा निर्बाचित हुनु भएकोछ ।
मंगलवार भएको निर्वाचनमा अध्यक्षमा सापकोटा, उपाध्यक्षमा चेतराज ओली र शिवबहादुर थापा र महासचिवमा चन्द्रकाजी घले,…
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो ।
अब यो विधेयक प्रमाणीकरणका लागि…
अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
बर्दिबास \ संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन…
कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति सर्वोच्चले गर्यो बदर
काठमाडौं \ सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै बदर गरिदिएको छ ।बिहिबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै…
भदौमा ‘महानगर’ प्रदर्शनमा आउने
काठमाडौ \ नेपाली कथानक चलचित्र ‘महानगर’ ‘वान् नाइट इन् काठमाडौँ’ भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटना क्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य…
रसुवागढी नाकामा चहलपहल बढ्यो
रसुवा \ चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।
सो नाका भएर नेपाल घुम्नका लागि…