एनआरएनए आयरल्यान्डमा प्रकाश सापकोटा

0

गैर आबासीय नेपाली संघ आयरल्यान्डको आगामी कार्यकालका लागि भएको निर्वाचनमा  प्रकाश सापकोटा अध्यक्षमा निर्बाचित हुनु भएकोछ ।

मंगलवार भएको निर्वाचनमा अध्यक्षमा सापकोटा, उपाध्यक्षमा  चेतराज ओली र शिवबहादुर थापा र महासचिवमा चन्द्रकाजी घले, निर्बाचित हुनु भएकोछ;  भने महिला उपाध्यक्ष सीतादेवी थापा(सरु) सचिव  तेज ज्ञवाली, कोषाध्यक्ष प्रविण बराल, सह -कोषाध्यक्ष सम्राट प्रसाई, युवा संयोजक बिकल पौडेल, महिला संयोजक प्रजय न्यौपाने, सदस्यहरू साबित्रा घिमिरे ,मिथु राना,प्रमिश राना,हरिप्रसाद गौतम,इन्द्रप्रसाद पोखरेल निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

त्यसै गरी आयरल्यान्डबाट आइसिसीमा प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा पदम बिक्रम खाँड निर्बिरोध चयन हुनु भएकोछ । एनसीसी आयरल्यान्डमा पन्जिक्रित भएका ७४८ सदस्यमा ५७२ जनाले मतदानमा भाग लिनु भएको थियो ।

केन्द्रीय प्रतिनिधि झलक गैरे, निर्वाचन अनुगमन संयोजक मिलन छन्त्यालको रोहबरमा निर्वाचन समिति संयोजक सुक्रराज न्यौपानेले नबनिर्बाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएकोछ ।

एनआरएनए आयरल्यान्डको माहाधिबेशन एबम निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आयरल्यान्डबासी नेपाली समुदायलाई निबर्तमान अध्यक्ष बिनोद कार्कीले धन्यबाद ज्ञापन गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.