भदौमा ‘महानगर’ प्रदर्शनमा आउने

0

काठमाडौ \  नेपाली कथानक चलचित्र ‘महानगर’ ‘वान् नाइट इन् काठमाडौँ’ भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटना क्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । चलचित्रको लेखन तथा निर्देशन मोहन राईले गर्नुभएको हो ।

माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको छ भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पा सङ्गमको सङ्गीत रहेको छ ।

चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुनुहुन्छ भने व्रिmयटिभ निर्माता नवनिधि दाहाल रहनुभएको छ । चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविव्रmम राणा, चन्द्र पाण्डेलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.