तीजको गीतिएलबम

गायिका चन्दा अर्याल र गायक भागीरथ चलाउनेको तीजको गीतिएलबम मेरो रुपैले पोखरामा तहल्का मच्चायो भन्ने गीतको म्युजीक भिडियोमा नृत्य गर्दै नायिका मेलीना मानन्धर र गायक तथा मोडल दिनेश थापा ।

कौरा नृत्य

एक्काइसौँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा कावासोतीमा भएको कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै मगर युवायुवती ।

गोरखामा नुन र सुनको अभाव

गोरखामा बर्सेनि दुई चीजको अभाव हुने गर्छ । एक दुर्गम भेगमा खाने नुन अर्को, सुगम क्षेत्रमा गहना बनाउने सुन । यातायातको सहज पहुँच नहुँदा बर्सेनि बर्खायाममा उत्तरका १० गाविसमा नुनको ढुवानी गर्न सकिँदैन । मानिस अलि बढी नै नै आलु खान्छन् ।…

प्रतिवेदन आजै संविधानसभामा जाने

काठमाडौं, २४ साउन । शनिबार मध्यरातमा सिमांकनसहित छ प्रदेशमा भएको नयाँ सहमतिबारे आइतबार सिंहदरबारमा सम्वाद समितिको बैठक भएको छ । सम्वाद समितिका सभापति बाबुराम भट्टराईको अध्यक्षतामा सुरु भएको बैठकमा विभिन्न दलका नेताहरुले बोलेका थिए । छोटो…

दुई हजारभन्दा बढी युवतीको उद्धार

रुपन्देही, २४ साउन । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको थ्री एन्जल्स नेपालले उद्धार, रोकथाम र पुनःस्थापनाका माध्यमबाट आव २०७१-०७२ मा दुई हजार ५९८ जनाको उद्धार गरेको छ । थ्री एन्जल्सले भारतबाट एक, नेपाल–भारत सीमा क्षेत्रबाट…

आइतबार भूकम्पको फेरि अर्को धक्का

काठमाडौं, २४ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर आइतबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार राति ९ बजेर २५…

भाइको कुटपिटबाट दाजुको मृत्यु

धनगढी, २४ साउन । धनगढी नगरपालिका–८ धनगढी गाउँमा घरायसी विवाद चर्किदै जाँदा सहोदर दाजु भाइबीच भएको कुटपिटको घटनाबाट आज एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै भाइ रामकुमार रानाको फलामे रड प्रहारबाट घाइते भएका ३९ वर्षीय दाजु शिवराज रानाको उपचारका…

साउनमा मासुको खपत घट्दो

हिन्दूको पवित्र महिना साउनमा चोखो खाने र शिवको व्रत बस्ने भएका कारण कुखुराको मासुको खपतमा २० प्रतिशतको हाराहारीमा कमी आएको छ । व्यवसायीका अनुसार भूकम्पपछि असार महिनामा खपतको अवस्था पूर्ववत् अवस्थामा फर्किए पनि साउन लागेपछि पुनः ओरालो लागेको…

६ प्रदेशमा सहमति

काठमाडौं, २३ साउन । संघीय प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति भएको छ । दलहरुबीचको सहमतिसँगै संविधान जारी हुने आधार पनि तयार भएको छ । ६ प्रदेश रहने गरी प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति बनेको हो । दलहरुबीच सेती, महाकाली र…