भाइको कुटपिटबाट दाजुको मृत्यु

0

धनगढी, २४ साउन । धनगढी नगरपालिका–८ धनगढी गाउँमा घरायसी विवाद चर्किदै जाँदा सहोदर दाजु भाइबीच भएको कुटपिटको घटनाबाट आज एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै भाइ रामकुमार रानाको फलामे रड प्रहारबाट घाइते भएका ३९ वर्षीय दाजु शिवराज रानाको उपचारका लागि भारततर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएराति घरायसी विवादले उग्र रुप लिएपछि दाजु भाईबीच झगडा भएको थियो । रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.