अमेरिकामा एक दशकपछिकै धेरै हिमपातसँगै हिमआँधीको चेतावनी

0

अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै  विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् ।

हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको खबरमा उल्लेख छ ।

कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमानसमेत गरिएको छ । केन्टुकी, भर्जिनिया, वेस्ट  भर्जिनिया , कन्सास, अर्कांसस र मिसौरी गरि ६ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

केन्टुकीमा रहेको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका  दृश्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.