प्रतिवेदन आजै संविधानसभामा जाने

0

काठमाडौं, २४ साउन । शनिबार मध्यरातमा सिमांकनसहित छ प्रदेशमा भएको नयाँ सहमतिबारे आइतबार सिंहदरबारमा सम्वाद समितिको बैठक भएको छ । सम्वाद समितिका सभापति बाबुराम भट्टराईको अध्यक्षतामा सुरु भएको बैठकमा विभिन्न दलका नेताहरुले बोलेका थिए । छोटो छलफलपछि सम्वाद समितिले सहमतिसहितको प्रतिवेदनलाई पारित गर्नेछ । यसलाई आजै अपरान्ह बस्ने संविधानसभाको बैठकमा प्रस्तुत गरिने छ ।
निरन्तरको एक साता लामो बहस र विवादपछि मुख्य चार दल शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन् । सिमांकनमा असन्तुष्टी जनाउँदै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदारले नोट अफ डिसेन्ट लेखेका थिए। तर उनले निर्णयमा वाधक नबन्ने बताएका छन् ।
छ प्रदेश बनाउँदा बागलुङ, नवलपरासी र रुकुमलाई मात्रै टुक्राइएको छ। अरु जिल्लालाई यथावत् राखिएको छ। टुक्राइएका जिल्लामा स्थानीय समुदायबाट विरोध सुरु भएको छ । नवलपरासीको दाउन्ने पूर्वको भागलाई एउटा प्रदेशमा र दाउन्ने पश्‍चिमको भागलाई अर्को प्रदेशमा गाभिएको छ। त्यसैगरी बागलुङको पूर्व र पश्‍चिम भागलाई अलगअलग प्रदेशमा राखिएको छ। रुकुमको पनि पूर्व र पश्‍चिमलाई दुई टुक्रा बनाइएको छ।
दलहरुबीचको सहमतिअनुसार सम्वाद समितिले मस्यौदामा परिमार्जन तथा थपघट गर्नुपर्ने बुँदासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्ने छ । सम्वाद समितिको प्रतिवेदनलाई संविधानसभाले मस्यौदा समितिमा परिमार्जनका लागि पठाइनेछ। मस्यौदा समितिले जनताका सुझावसहित सम्वाद समितिले पठाएका बुँदालाई समेटेर संविधानको विधेयक तयार गर्नेछ।

Leave A Reply

Your email address will not be published.