पासवानको स्वास्थ्य नाजुक

काठमाडौँ, २९ भदौ । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनशन बस्दै आउनुभएका…

तमुवानको ज्ञापन प्रम र सभामुखलाई

कास्की, २९ भदौ । नयाँ बन्ने संविधानमा तमुलगायत आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न र पहिचानसहितको तमुवान प्रदेश घोषणाको माग गर्दै तमुवान संयुक्त सङ्घर्ष समितिले ज्ञापनपत्र पेस गरेको छ । तमुवान संयुक्त सङ्घर्ष समितिका संयोजक हुमबहादुर…

परिमार्जित विधेयकका धाराहरु पारित

काठमाडौँ, २९ भदौ । संविधानसभाको आजको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी रहेको छ । यस क्रममा विधेयकको धारा ५८, ५९ , ६०, ६१, ६२, ६३, ६४ र ६५ लाई बैठकले बहुमतले पारित गरेको छ । विधेयकको धारा ५८ मा…

बम विष्फोटबाट तीन प्रहरी घाइते

भद्रपुर, २९ भदौ । झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो । गौरादहको बम…

राष्ट्रपति यादवसँग प्रधानमन्त्री कोइरालाको भेट

काठमाडौँ, २९ भदौ । राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले आज भेटवार्ता गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी हुने दिन नजिकिँदै गर्दा राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा…

राष्ट्रपतिको पत्र सभाध्यक्षलाई

काठमाडौँ, २८ भदौ । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई यही भदौ २५ गते पठाउनुभएको पत्र आज सार्वजनिक गरिएको छ । राष्ट्रपति कार्यालयका स्वकीय सहसचिव काशीराज आचार्यद्वारा आज सार्वजनिक गरिएको उक्त पत्रमा…

असोज ३ मा आउनेभो संविधान

काठमाडौं, २८ भदौ । नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर…

नेविसंघको ध्यान पार्टी कार्यालयमा

काठमाडौँ, २८ भदौ । नेपाल विद्यार्थी सङ्घले आन्दोलनका नाममा तराईका विभिन्न जिल्लामा नेपाली काँग्रेस पार्टी कार्यालयहरुमा भएको तोडफोड घटनाप्रति भत्र्सना गरेको छ । नेवि सङ्घले आज एक विज्ञप्ति जारी गर्दै धनुषा, महोत्तरी, सुनसरी र सप्तरी…

दीप प्रज्वलन गर्दै

राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा द्वन्द्वमा परी मृत्यु भएका बालबालिकाको सम्झनामा आज त्रिभुवन विमानस्थल बाहिर रहेको स्तम्भमा दीप प्रज्वलन गर्दै महिला बालबालिका मन्त्री निलम के.सी. ।