परिमार्जित विधेयकका धाराहरु पारित

0

काठमाडौँ, २९ भदौ । संविधानसभाको आजको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी रहेको छ । यस क्रममा विधेयकको धारा ५८, ५९ , ६०, ६१, ६२, ६३, ६४ र ६५ लाई बैठकले बहुमतले पारित गरेको छ । विधेयकको धारा ५८ मा अवशिष्ट अधिकार, ५९ मा आर्थिक अधिकारको प्रयोग, ६० मा राजस्व स्रोतको बाँडफाँड, ६१ मा राष्ट्रपति र उपराष्ट्रपति, ६३ मा राष्ट्रपतिको निर्वाचन, ६४ मा राष्ट्रपतिको पदावधि र ६५ मा राष्ट्रपतिको पद रिक्त हुने अवस्था रहेका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ती धारा पारित गरियोस् भनी निर्णयार्थ बैठकमा पेस गर्नुभएको थियो ।
यसैगरी, बैठकले परिमार्जित विधेयकको धारा ५८ माथि सभासद् दुर्गा पौडेलले राख्नुभएको संशोधन प्रस्तावलाई अस्वीकृत गरेको थियो । विधेयकको धारा ६१ माथि सभासद् कमल थापाले राख्नुभएको संशोधन प्रस्तावलाई ध्वनिमतबाट अस्वीकार गरिएको थियो । विधेयकको धारा ६२ माथि सभासद् चित्रबहादुर केसीले राख्नुभएको संशोधन प्रस्तावलाई पनि बहुमतबाट अस्वीकार गरिएको थियो ।
विधेयकको धारा ६० मा सभासद् चीनकाजी श्रेष्ठ, अग्नि खरेल र गिरीराजमणि पोखरेलले राख्नुभएको संशोधन प्रस्ताव बहुमतबाट स्वीकार गरिएको थियो । विधेयकको धारा ६१ मा सभासद् कमल थापाले राख्नुभएको संशोधन प्रस्तावलाई ध्वनिमतबाट अस्वीकार गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.