नेपाली कांगे्रसको चियापान कार्यक्रम

विजया दशमी, दीपावली, नेपाल सम्बत्, छठ पर्वको उपलक्ष्यमा नेपाली काँग्रेसद्वारा दशरथ रङ्गशालामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै ।

एमालेबाट विद्या राष्ट्रपतिको उम्मेदवार

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने…

कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवार नदिने

काठमाडौं, ९ कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ । व्यवस्थापिका–संसद्मा पर्सि कात्तिक ११ गते ती पदमा निर्वाचन हुने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्मा सबैभन्दा…

सभासद् यादवको घरमा बम फेला

सप्तरी, ९ कार्तिक । अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ । राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम…

लाखौँको सामान आगजनीमा

गौशाला, ८ कार्तिक । महोत्तरीको मटिहानी सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको मालसामान जलाएका छन् । बहत्तर दिनदेखिको मधेस बन्द र ३१ दिनदेखिको नाका जामका बेला घर खर्च तथा खेतबारीमा…

एमालेबाट राष्ट्रिय सहमतिमा जोड

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ । पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको…

काँग्रेसको चियापान कार्यक्रम सोमबार

काठमाडौं, ८ कार्तिक । विजयादशमीका अवसरमा नेपाली काँग्रेसले सोमबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका…

सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै

भद्रपुर, ८ कातिक । इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै गएको छ । सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्टालगायतका क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा…

कांग्रेस पदाधिकारीले राष्ट्रपति उम्मेदवार चयन गर्ने

काठमाडौं, ७ कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ । नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको आज भएको केन्द्रीय…

एमालेले भोली राष्ट्रपति-उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने

काठमाडौं, ७ कार्तिक । आज बस्ने व्यवस्थापिका संसदको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको प्रक्रियालाई अगाडि बढाउने भएपछि प्रमुख ठूला दलहरु आफ्ना उम्मेदवार सार्वजनिक गर्न कस्सिएका छन् । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भोली…