एमालेले भोली राष्ट्रपति-उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने

0

काठमाडौं, ७ कार्तिक । आज बस्ने व्यवस्थापिका संसदको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको प्रक्रियालाई अगाडि बढाउने भएपछि प्रमुख ठूला दलहरु आफ्ना उम्मेदवार सार्वजनिक गर्न कस्सिएका छन् । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भोली विहान सम्ममा राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि आफ्ना उम्मेदवार घोषणा गर्ने तयारी गर्दै छ ।
स्थायी समितिको बैठकमा छलफल गरेर मात्र राष्ट्रपति तथा उपराष्ट्रपतिका दुवै पदमा उम्मेदवार तय गर्ने उपाध्यक्ष युवराज ज्ञवाली बताएका छन् । आज साँझ डाकिएको स्थायी समिति बैठकमा उम्मेदवारका नाम माथि छलफल गर्ने उनले बताएका छन् । अहिले एमालेबाट विद्या भण्डारी , झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङको नाम चर्चामा रहेको छ ।
अहिलेको नाम प्रति कसैको आग्रहपूर्वाग्र नरहे पनि छलफल गरेर लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए । उनले सकेसम्म आजै उम्मेदवारको टुङ्गो लाग्ने नभए भोली विहान सम्ममा टुङ्गो लाग्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.