लाखौँको सामान आगजनीमा

0

गौशाला, ८ कार्तिक । महोत्तरीको मटिहानी सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको मालसामान जलाएका छन् । बहत्तर दिनदेखिको मधेस बन्द र ३१ दिनदेखिको नाका जामका बेला घर खर्च तथा खेतबारीमा राख्नका लागि ल्याइएका दर्जनौँ बोरा मल, खाद्यान्न, तेल, मसलालगायत वस्तु आन्दोलनकारीले खोसेर बाटोमा फाली आगो लगाएका हुन् ।
त्यस्तै भारतबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल र सिँचाइ तथा जेनेरेटर सञ्चालनका लागि ल्याइँदै गरेको सयौँ लि डिजल पनि आन्दोलनकारीले खोसेर जलाएको तथा तरकारी, फलफूल, दूधलगायत वस्तु भुइँमा फ्याकेर र पोखेर नष्ट गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.