सभामुख ओनसरी घर्तीसँग भेट

सभामुख ओनसरी घर्तीसँग उहाँको कार्यकक्ष सिंहदरबारमा भेट गर्दै शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)बैंककका क्षेत्रीय संरक्षण अधिकृत निकोलस ओक्सोटलगायत प्रतिनिधि ।

छठ पर्वको आज दोस्रो दिन

काठमाडौं, ३० कार्तिक । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्…

१२५ ट्यांकर इन्धन भित्रियो

काठमाडौं, ३० कार्तिक । भारतको नाकाबन्दीका कारण देशका प्रमुख व्यापारिक नाकाहरुबाट हिजो पनि आयात प्रभावित रह्यो । पूर्ण रुपमा आयात हुन नसके पनि अन्य दिनको तुलनामा हिजो केही बढी इन्धनका गाडी नेपाल भित्रिएको छ । हिजो दिनभरमा भारतसँग सीमा…

बेल्जियम बस्ने नेपालीको सहयोग

म्याग्दी, ३० कात्तिक । करेन्ट लागेर घाइते भई उपचाररत यहाँका एक युवाको उपचारार्थ बेल्जियममा रहेका म्याग्दीको राखुवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले–७ कलेजबाङका करेन्ट लागेर घाइते भएका विपन्न परिवारका गोविन्द बस्यालको उपचारका लागि…

छानबिनका लागि फ्रान्सको टोली बेल्जियम पुग्यो

पेरिस, ३० कार्तिक । पेरिस आक्रमणको ब्रसेल्ससँगको लिंक सम्बन्धमा छानबिनका लागि फ्रान्स तथा बेल्जियमको संयुक्त टोली बनाइएको बेल्जियम अधिकारीले बताएका छन् । फोनमा ब्रसेल्सस्थित एपी संवाददातासँगको कुराकानीमा उनले भने, छानबिनका लागि फ्रान्सेली…

दल र मोर्चाबीचको वार्ता निष्कर्षविहिन

काठमाडौं, २९ कार्तिक । प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ । बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर…

वार्ताबाट समस्याको समाधान गर्न सरकार तयार

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न सरकार तयार रहेकाले सार्थक वार्ताका लागि आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्का सदस्यहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको…

काँग्रेसको १३औँ महाधिवेशनको तयारी सुरु

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि गठन भएका १३ वटा समितिले काम सुरु गरेका छन् । समितिका संयोजकहरुको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा यस्तो जानकारी गराइएको हो । महाधिवेशन तयारीका लागि…

विचार गोष्ठी

नेपाल महिला सङ्घद्वारा आयोजित ‘समसामयिक नेपालको जटिल अवस्थामा नयाँ संविधानको कार्यान्वयन र नेपाल महिला सङ्घको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

दाहालको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौँ, २९ कात्तिक । सरकारमा सहभागी दलका तर्फबाट आन्दोलनरत तराई–मधेसकेन्द्रित राजनीतिक दलसँग वार्ता गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले…