छानबिनका लागि फ्रान्सको टोली बेल्जियम पुग्यो

0

पेरिस, ३० कार्तिक । पेरिस आक्रमणको ब्रसेल्ससँगको लिंक सम्बन्धमा छानबिनका लागि फ्रान्स तथा बेल्जियमको संयुक्त टोली बनाइएको बेल्जियम अधिकारीले बताएका छन् । फोनमा ब्रसेल्सस्थित एपी संवाददातासँगको कुराकानीमा उनले भने, छानबिनका लागि फ्रान्सेली टोली बेल्जियम आइसकेको छ ।
अब पेरिस आक्रमणमा ब्रसेल्ससँगको लिंक सम्बन्धमा दुई देशबीच समन्वय गरी टोली अघि बढ्ने छ । पेरिस आक्रमणमा संलग्न सात जनामध्ये दुई जना ब्रसेल्समा बस्दै आएका फ्रान्सेली नागरिक भएकोले टोली छानबिनका लागि ब्रसेल्स पुगेको हो । यसमध्ये एक जना आक्रमणकारी ब्रसेल्सको मोलेनविक नजिकै बस्दै आएको पनि जानकारी प्राप्त भएको उनले बताए । छानबिनको प्रक्रियामा समस्या हुनसक्ने भन्दै उनले आफ्नो नाम भने नबताउने जनाए ।

Leave A Reply

Your email address will not be published.