तराई–मधेसमा आज जितिया पर्व मनाइँदै

0

तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।

यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा.बालकृष्ण शाह बताउनुहुन्छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ । पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ ।

निराहार व्रत शुरु गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।

वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।

जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विशिष्ठ व्यक्तिहरुले असल संस्कार, व्यवहार र सामाजिक एकताको पृष्ठपोषण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.