एनआरएन यूकेले १५ लाख पाउण्डको नेपाली घर बनाउने

0

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेले करिब १५ लाख पाउण्ड सम्मको नेपाली घर बनाउने उदेश्यले आर्थिक संकलनको काम थालेको छ । गैरआवासीय नेपाली सँघ यूकेको ड्रिम प्रोजेक्टको रुपमा हेरिएको सो सामूदायीक भवनका लागि संघको आइतवार सम्पन्न बैठकबाटै ७० हजार भन्दा बढी पाउण्ड जम्मा भएको छ । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा बसेको बैठकले नेपाल हाउस निर्माण परियोजनालाई कार्यान्यवन गराउन लागि बिभिन्न अल्पकालीन र दीर्घकालीन योजनाहरुको तर्जुमा गरेको छ ।
लन्डनस्थित ब्लुअर्किड रेष्टुरेन्टमा सम्पन्न बैठकमा नेपाल हाउसको प्राबिधिक परेखा, प्रोजेक्ट रिपोर्ट, समय तालिका, नक्सा जस्ता आधारभूत बिषयहरुका बारेमा छलफल भएको थियो । ५० जना भन्दा बढी सल्लाहाकारहरुको उपस्थित रहेको बैठकमा इन्जिनियर राजेश पाठक, भवन निमार्ण उपसमितिका संयोजक योग फगामी, अध्यक्ष मुछेत्र गुरुङले हाल सम्म भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।
अध्यक्ष गुरुङले नेपाल हाउसको निम्ति फण्ड रेइजिङका बिभिन्न अवसर र सम्भावनाहरुको खोजी गर्दै न्युनतम १।५ मिलियन पाउण्ड उठाउन बेलायतमा भएका नेपाली संघसंस्थाहरु, बिभिन्न ब्यक्ति र बिजनेस इन्टरप्राइजहरु, बेलायती सरकार र संस्थाहरु, एनआरएन आइसीसी, च्यारिटी फण्ड र एनआरएन यूकेका पधाधिकारी र सदस्यहरुबाट कोष संकलन (फण्ड रेइजिङ) गर्न सकिने आधारहरु प्रस्तुत गरेका थिए ।
बैठकले नेपाल हाउस प्रोजेक्टलाई गतिशील बनाउन एक स्थायी समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले बोर्ड अफ ट्रस्टी को अध्यक्षमा मुछेत्र गुरुङलाई चयन गरेको छ त्यस्तै अन्य उपसमितिमा रजिष्टे्रशन र च्यारिटी, सनत गुरुङ, डिटेल प्रोजेक्ट रिपोर्ट, राजेश पाठक, ल्याण्ड पर्चेस सर्भे रिसर्च, डमर घले, च्यारिटी फण्ड रेइज, सूर्य गुरुङ, पब्लिक रिलेशन तथा नेशनल एण्ड इन्टरनेशनल, कुल आचार्य ,कन्सट्रक्सन एण्ड भ्यालुएसन ,योगेन्द्र क्षेत्री, लिगल एक्सपर्ट अड्भाइजरी बडी, महेन्द्र कँडेल,,पब्लिकेशन एण्ड मिडिया, खुशी लिम्बु र नरेश खपाँगी, अनरेरी अड्भाइजरी बडी, महन्थ श्रेष्ठ र अशोक श्रेष्ठ, फण्ड कलेक्सन दीपक श्रेष्ठ र ललित नेउपाने, रहेको उसमितिहरु गठन गरिएको छ ।
नेपाल हाउसको निम्ति कम्तिमा १ हेक्टर जग्गा चाहिने भनिए पनि सल्लाहकार डा. चन्द्र बहादुर गुरुङ लगायत कतिपयले १ हेक्टरले नपुग्ने र २ हेक्टर जति चाहिने सुझाव पेश गरे । बैठकले आगामी सेप्टेम्बर ११ मा आयोजना गरिएको संघसंस्थाहरुको प्रतिनिधिहरुको बैठकको लागि आवश्यक गृहकार्य गर्ने गरी सचिवालयको बैठक बस्ने निर्णय भएको छ ।
महासचिव विजय लिङदेनले संचालन गरेको बैठकमा श्रीलिम्बु, विश्वदीप तिगेला, रामशरण सिमखडा, डमर घले, कुल आचार्य, सूर्य गुरुङ, विश्व पण्डित, महेन्द्र कंडेल, थर्क सेन, चिरन्जीबी ढकाल लगायतले आआफ्नो भनाई राखेका थिए ।

Leave A Reply

Your email address will not be published.