गठबन्धनको आन्दोलन जेठ १५ सम्म

0

काठमाडौं । संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलनलाई जेठ १५ गतेसम्म लम्ब्याउने भएको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बिहान बसेको गठबन्धन बैठकले थप १० दिनको आन्दोलन तय गरेको संघीय जनमुक्ति पार्टीका नेता परशुराम तामाङले जानकारी दिनुभयो । उहाँले शान्तिपूर्ण सडक आन्दोलन गरिने बताउनु भयोे । आन्दोलनको पूर्ण खाका दिउँसो हुने विरोधसभाबाट सार्वजनिक गरिने नेता तामाङले जानकारी दिनुभयो ।
गठबन्धनको बैठकले पहिचानको आन्दोलन निर्णायक मोडमा पुगेको निष्कर्ष पनि निकालेको छ । विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु आज एकै ठाउँ आइपुगेकाले आन्दोलन सशक्त भएको बैठकको ठहर छ । मधेसवादी र आदिवासी जनजाति सम्बद्ध गठबन्धनले आजै दिउँसो १ बजे रत्नपार्क शान्तिबाटिकामा बिरोधसभा गरे । जेठ २ र ३ गते सिंहदरबार र हिजो बालुवाटार घेराउ गरेको गठबन्धनले आज बिरोधसभा गरेको हो । सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.