घुस लिने इन्जिनियरविरुद्ध मुद्दा

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शुभनारायण यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले इन्जिनियर यादवले भक्तपुर चाँगुनारायण नगरपालिकामा भन्ज्याङ पहिरो नियन्त्रण उपभोक्ता समितिसँग रकम निकासा दिने कार्यका लागि रु ३५ हजार घुस लिएको अभियोगमा आज आरोपपत्र दायर गरेको हो ।
आयोगले इन्जिनियर यादवलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पुष्टि हुन भएकाले निजउपर कानुनी सजाय माग दाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.