जापानमा ज्वालामुखी बिस्फोट हुँदा ३० को मृत्यु

0

टोकियो— जापानमा अचानक माउन्ट ओंटेक ज्यालामुखी सक्रिय भएपछि ३० जना यात्रुको मृत्यु भएको छ। जापानी चिकित्सकले जाँच पूरा गरेर उनीहरुलाई औपचारिक रुपमा मृत घोषणा गर्दैछन्। ज्वालामुखी सक्रिय हुने समयमा सो स्थानमा २५० भन्दा बढी मान्छे थिए। ती मध्ये अधिकांश सुरक्षित छन्।

शनिबार २ बजे टोकियोदेखि २ सय किलोमिटर टाढा रहेको माउन्ट ओँटेक ज्यालामुखी सक्रिय हुनासाथ आगो र चट्टान बाहिर निस्केको थियो।

आइतबार खोजी अभियानलाई तीब्रता दिएपछि हेलिकोप्टरबाट ७ जनालाई निकालिएको छ। माउन्ट ओंटेक पर्यटकका लागि घुम्न जाने चर्चित स्थानमा पर्दछ।

ज्यालामुखी बिस्फोटको अग्रिम चेतावनी नदिइँदा मानवीय क्षति भएको बताइएको छ। जापानमा ज्वालामुखीलाई नजिकबाट निगरानी गरिन्छ। सक्रिय हुने संकेत मिल्ना साथ सो स्थानबाट यात्रुहरुलाई सुरक्षित स्थानमा पुर्‍याइन्छ वा छिटो सो ठाउँ छोड्न चेतावनी दिइन्छ। यो पटक कुनै चेतावनी दिइएन।

Leave A Reply

Your email address will not be published.