हङकङमा हजारौं लोकतन्त्र समर्थक सडकमा

0

हङकङ—हजारौं लोकतन्त्र समर्थकहरु सडकमा उत्रेर हङकङका मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गर्दै सडकबाट पछि हट्न दिएको चेतावनी बेवास्ता गर्दै उनीहरुको सडक प्रदर्शन जारी छ।

प्रदर्शनका कारण बैक, स्कूल बन्द भएका छन्। प्रदर्शनको असर यातायातमा पनि परेको छ। सोमबार बिहान हङकङ स्टक एक्सचेञ्ज एक प्रतिशत गिरवाट कारोबार सुरु भएको छ। २०१७ मा हङकङमा हुने चुनावमा चीन सरकारको उम्मेदवार छान्ने योजनाको विरोधमा लोकतन्त्र समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले केन्द्रीय वित्तिय क्षेत्रका सडक अवरुद्ध पारेका छन्। अब प्रदर्शन सहरको अन्य क्षेत्रमा फैलँदै गएको छ।

आइतबार राति दंगा प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा प्रदर्शनलाई गैरकानुनी भन्दै सडकबाट हट्न चेतावनी दिएको थियो। तर सोमबार सरकारले दंगा प्रहरीलाई फिर्ता बोलाएको छ।

यसैबीच हङकङका मुख्य कारीकारीले प्रदर्शन रोक्न चिनियाँ सेना परिचालनको सम्भावनालाई हल्लाको संज्ञा दिएका छन्।

Leave A Reply

Your email address will not be published.