एमाओवादी परित्याग गरेका सागरको आमरण अनसनलाई नयाॅ शक्तिको समर्थन

0

केशव प्रसाद पाण्डे

काठमाडौं, १५ वैशाख । बेरोजगारी अन्त्य हुनुपर्नेसहित विभिन्न ६ बुँदे माग राख्दै राजधानीको खुल्लामञ्चमा ‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ले बुधबारदेखि आमरण अनसन सुरु गरेको छ । आभियानको आमरण अनसनलाई समर्थन जनाउन वावुराम भट्टराई नेतृत्वको नयाॅ शक्तिका तर्फवाट प्रवक्ता देबेन्द्र पौडेल अनशनस्थल पुग्नुभएको थियो।

योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका मागहरुसहित अनिश्चितकालीन आमरण अनसन सुरु भएको हो ।

आज एमाओवादी परित्यागको घोषणा गरेका युवा नेता चन्द्रबहादुर थापा ‘सागर’को नेतृत्वमा सुरु भएको आमरण अनसनमा अनुषा राई, जिविता आचार्य, लक्ष्मी स्याङ्तान, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, निरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल र ज्ञानदेव विष्ट सहभागी छन् ।यस समुहले

योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने । रोजगार दिन नसके राज्यले प्रदान गरेको शैक्षिक योग्यता, क्षमता, सीप र कलाको प्रमाणपत्रको मूल्याङ्कन गर्दै प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण प्रदान गरी स्वरोजगार हुने वातावरण तत्काल बनाउनु पर्ने ।
रोजगार वा स्वरोजगार गराउन नसकेका युवाहरुको हकमा परिचयपत्रसहित बाँच्न सक्ने गरी सामाजिक सुरक्षा भत्ता (बेरोजगार भत्ता)को व्यवस्था गर्नु पर्ने ।
राष्ट्रिय स्तरका खेलाडि र कलाकारको विशेष व्यवस्था गर्नुपर्ने । बन्द, हड्ताल, चक्काजाम र तालाबन्दी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्थामार्फत उद्योगमैत्री र रोजगारमूलक व्यवस्था तत्काल गर्नुपर्ने । स्वदेशी बस्तुको प्रयोग गर्ने व्यवस्था तत्काल गर्नुपर्ने लगयतका मागहरु राखेको छ ।

सो अभियानले अभियानले पहीलो चरणको संघर्ष रोजगारि केन्द्रित भएर अगाडि वढ्ने योजना अनुरूप 2072 /12/26 गतेका दिन प्रधानमन्त्री समक्ष ज्ञापनपत्र वुझाईसकेको थियो।त्यसैगरी 2072/12/27 गते राजधानिको भृकुटिमण्डप स्थित पर्यटन वोर्डको हलमा आयोजित पत्रकार सम्मेलन मार्फत “रोजगारी र समृद्धिका लागी आर्थिक क्रान्तीको अभियान” को औपचारिक घोषणा गरिएको थियो।शान्ती, समृद्धि र रोजगारी मुल नारा रहेको कार्यक्रमको औपचारिक घोषणामा यो स्वतन्त्र सामाजिक अभियान भएको र कुनै जाती,धर्म,क्षेत्र ,राजनितिक दलको नभई सिंगो राष्ट निर्माणकै अभियान भएकाले यो संघर्षलाई निष्कर्ममा पुर्याउन सवैको सहयोगको अपेक्षा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.