नेपाल सरकारको राहतकोषमा सहयोग रकम जम्मा गर्दै नयांबर्ष कार्यक्रम

0

नेपालको बिनासकारी भुकम्प पछि राहात तथा पुननिमार्णकोलागी बिभिन्न सहयोग गर्दै आएका ग्रेटर रेडिगं नेपाली समाजले गत वर्ष बैसाख १२ मा नेपालमा गएको बिनासकारी महाभुकम्पलाई संझदै नयां बर्ष २०७३ को उपलक्षमा एक भब्य कार्यक्रमको आयोजना संपन्न गरेको छ । ग्रेटर रेडिगं नेपाली समाजका अध्यक्ष मान गुरुगंको अध्यक्षतामा भएको महाभुकम्पमा ज्यान गुमाउनेहरुमा दिप प्रज्वलन तथा नयां बर्ष २०७३ को स्वागत कार्यक्रममा नेपाली दुतावासका सेक्रेटरी बाबुकाजी डंगोललाई नेपाल सरकारको प्रधानमन्त्रि रहत कोषमा जम्मा हुने गरि दुई हजार दुई सय पचास पाउण्ड नब्बे पेन्नीको चेक हस्तान्तरण नेपाली समाजका अध्यक्ष मान बहादुर गरुगंले गर्नु भयो ।
ग्रेटर रेडिगं नेपाली समाजले धादिगंको खहरेमा रहेको अचने उच्च माबिलाई करिव बाइसलाख सहयोग गरि निर्माण कार्य भईरहेको र एनआरएन यूकेलाई छ हजार सात सय पचास हस्तान्तरण गरिसकिएको जानकारी दिनु भयो । साथै वाहाले नेपाली समाजले अगामी दिनमा पुननिर्माण तथा सामाजिक कार्यमा निरन्तर अगाडी बढाउने बताउनु भयो ।

रेडिगं बोरो काउन्सिलकी मेयर सार ह्याकर को प्रमुख आतिथ्य र नेपाली दुतावासका थर्ड सेक्रेटी बाबुकाजि डंगोल को बिषेस आतिथ्यमा संपन्न कार्यक्रममा भुकम्पमा दिवगंत हुनुभएकाहरु प्रति एक मिनेट मौनधाराणा गर्नुका साथै दिप प्रज्वलन गरिएको थियो । प्रमख अतिथिको आसनबाट बोल्दै रेडिगं बरो काउन्सिलकी मेयर सार ह्याकर ले नेपालमा गएको भुकम्पबाट ठुलो धनजनको क्षति प्रति दुख ब्यक्त गर्नु भयो । साथै वाहाले नेपाली नयां बर्ष२०७३ को शुभकामना दिनु भयो । बिषेस अतिथीको आसनबाट बोल्दै नेपाली दुतावासका थर्ड सेक्रेटरी बाबुकाजि डंगोलले नेपालीहरुको दुखमा ग्रेटर रेडिगं नेपाली समाज अग्रिणी भुमिक खेलेको प्रति धन्यवाद दिनु भयो । साथै नेपाली दुतावासका बिसेष अतिथि एटची तेजेन्द्र रेग्मीले नेपालमा गएको महाभुकम्पको बिषयमा जानकारी गराउनु भएको थियो ।
ग्रेटर रेडिगं नेपाली समाज सल्लाहाकार समितीका तर्फबाट ढंक बहादुर गरुगंले नेपालमा गएको महाभुकम्पको संझाना गर्दै नयां बर्ष २०७३ को सुभकामना दिनु भएको थियो । सोहि क्रममा समाजका सल्लाहकार राम गलामीले उपस्थित संपुर्ण अतिथीहरुलाई धन्यावाद दिनु भएको थियो । नयां बर्षको सुभकामना दिने क्रममा रेडिगंमा रहेका संपुर्ण सघं सस्थाको तर्फबाट रेडिगं तामागं घेदुगं अध्यक्ष प्रेम लामाले नयां बर्षको सुभकामना दिनु भएको थिायो । वाकिगं फर हेल्थका फिलिप बर्जिट, केय पेरी, बिी बिषेसज्ञा रब्बि हडसन, योगा भोलेन्टियर्सहरुको उपस्थिती रहेको थियो ।

नयांबर्ष कार्यक्रमका संयोजक तथा ग्रेटर रेडिगं नेपाली समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले अतिथीहरुलाई स्वागत गर्नु भएको थियो । साथै वाहाले कार्यक्रममा उपस्थितहरुलाई पानि खानकोलागी सय पउण्ड सहयोग गर्नु भएकोमा समाजका सदस्य राजेन्द्र श्रेष्ठ लगायत कार्यक्रमको ब्वस्थापन गर्नुहुने संपुर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । स्वागतकै सिलसिलामा कबियात्री निर्मला न्यौपानेले स्वागत गित मार्फत अथिहरुको स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेपाली कलाकारहरु हेमन्त शर्मा राम्जी खांड, देबिका केसीको सुमधुर गित संगितमा झुम्दै रेडिगंबासीहरुले नयां बर्षलाई स्वागत गरेका थिए । कार्यक्रमलाई अत्यान्त भब्यरुपमा आकर्षक ढगंबाट ग्रेटर रेडिगं नेपाली समाजका कार्यवाहक महासचिव डा. ओमकार अधिकारीले संचालन गर्नु भएको थियो

Leave A Reply

Your email address will not be published.