मधेसको माग काँग्रेसले सम्बोधन गर्छ : महामन्त्री कोइराला

0

वासिङटन डिसी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले सम्बोधन गर्नसक्ने बताउनुभएको छ । अमेरिका भ्रमणका क्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भन्नुभयो – काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएकामा खुसी छु । कोइरालाले अगाडि भन्नुभयो – “अब संविधान आएको छ । यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो ।”
महामन्त्री कोइरालाले तेह्रौं महाधिवेशनले काँग्रेसमा ६० र ४० को भागबण्डा अन्त्य गरिदिएको दाबी पनि गर्नुभयो । कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दै प्रविधि मैत्री ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो – अब हरेक गाविसलाई सूचना सञ्जालबाट जोड्न सक्दो प्रयत्न गर्नेछु । सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दै कोइरालाले भन्नुभयो– हामी सरकार परिवर्तनको पक्षमा छैनौं तर व्याप्त कालोबजारी, भूकम्पपीडितको मर्का र दातृनिकाय मार्फत सङ्कलित रकमको उपयोगविहीनताले सरकारको नैतिक आधार गुमेको अवस्था छ ।

Leave A Reply

Your email address will not be published.