बेल्जियमको सुरक्षा निकायलाई गम्भिर सुरक्षा चुनौति

0

चारदिशा सम्बाददाता , बेल्जियम

बेल्जियमको कोत्रेकबाट सिरियाको युद्धमा भाग लिएका कट्टरपन्थी स्लामिक स्टेट अभीयानका एक लडाकुले हिजो बुधवार फेसबुकमा बेल्जियमको सुरक्षा निकायलाई इङ्गित गर्दै एउटा धम्की युक्त समाचार लेखेको छ । ‘ हामी बेल्जियम आउँदै छौ’ भन्ने स्टाटसमा तुरुन्तै पचास् भन्दा बढीले स्विकारेको जनाइएको छ । त्यो समाचारले बेल्जियमको सुरक्षा निकायलाई झड्का दिएको आजको द मोर्गेन पत्रीकाले छापेको छ ।
‘ यो समाचार तिनिहरुलाई हो जसले हाम्रो स्लामिक राज्य अभियान रुचाएका छैनन ‘ भन्दै १९ बर्षको कोर्टरै लुकस भान हेस्छेले पेरिसमा चार्ली हेब्दोको सम्पादकलाई मारेकोमा खुशी ब्यक्त गरेको जनाइएको छ । उसले फेसबुकमा यो पनि भनेको छ कि ‘हाम्रो फौज बिशाल छ ,तिमिहरुले आशा गरे जती थोरै हामी छैनौ’।
यहाँको सुरक्षा सन्यन्त्रलाई दिएको त्यो धम्की भन्दा,  चुनौतिको कुरा उसको भनाइमा गरिएको टिप्पणी र लाइक हो । सुरक्षा सम्यन्त्रका अनुसार वेष्ट फ्लान्दरका नौजवानको नाममा लेखिएको फेसबुकको सकारात्मक टिप्पणी र लाइकलाई गम्भिर सुरक्षा चुनौतिको रुपमा लिइएको छ ।

54b819733570c2c48ad669f0

 

 

तस्वीर: ला लिव्र वेल्जिक ।

Leave A Reply

Your email address will not be published.