वेल्जियममा जेहादिस्ट विरुद्धको कारवाहीमा दुईको मृत्यु

0

चारदिशा सम्वादाता।

आतङ्कवादी समुहले सामाजिक सन्जालवाट वेल्जियममा पनि आक्रमण गर्न लागेको जानकारी दिएको भोलिपल्ट प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारी शंकास्पद व्यक्तिहरुलाई प्रकाउ गरेको छ। विहिवार वेल्जियमको भेर्भिएर , भिलभर्ड  र मोलम्लवेक लगायतका स्थानहरुमा प्रहरीले आतङ्ककारी लुकेको हुनसक्ने भन्दै केही स्थानहरुलाई नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मीहरुमाथि प्रत्याक्रमण गरेका  दुईको  इस्लामिस्ट कट्टरवादीहरु  प्रहरी कारवाहीमा  मृत्यु भएको छ स्थानीय पत्रिकाहरुले जनाएका छन्।

द्वन्दग्रस्त सिरीयावाट इस्लामिक राज्य स्थापनार्थ लडेका केही शंकास्पद व्यक्तिहरुले आफ्नो गतिविधिहरु सन्चालन गरिरहेको आशङ्कामा प्रहरी उक्त स्थानहरु घेरावन्दी गर्दै नियन्त्रणमा लिएको थियो। विहिवार राति सम्म उक्त स्थानहरु प्रहरी नियन्त्रणमा नै रहेको छ यद्यपि हालको लागि सुरक्षा अपरेसन सकिएको प्रहरीले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.