बेल्जियममा पण्डित दिनबन्धु पोख्रेलको भागवत कथा वाचन सहित तीन दिने आध्यात्मिक महोत्सब हुदै,

0

बेल्जियमको एन्तवेरपेन सहरमा ३ दिने बेनेलक्स आध्यात्मिक महोत्सब हुने भएकोछ । नेपालका प्रख्यात कथाबाचक पण्डित दिनबन्धु पोख्रेलको आध्यात्मिक प्रबचन संगै बेद र बौद्ध दर्शनमा आधारित आत्मा चिन्तनका सूत्रहरुको बिबेचना गरिने उक्त कार्यक्रममा बेल्जियम, नेदरल्याण्ड, लग्जेमबर्ग संगै फ्रान्स र जर्मनीका नेपाली समुदायको सहभागिता रहनेछ ।

नेपाली सांस्कृतिक केन्द्र एन्तवेरपेन बेल्जियम र बेनेलक्सको नेपाली समुदाय आयोजक रहेको उक्त आध्यात्मिक कार्यक्रममा भागवत कथाबाचन , बेद र धम्मपदका जीबनपयोगी सूत्रहरुको सहज बिबेचना गरिनुका साथै भजन किर्तन, योग र ध्यानको प्रयोग लगायत बिभिन्न आध्यात्मिक गतिबिधि गरिने आयोजकहरुले जानकारी गराएकाछन ।
युरोपमा भब्य आध्यात्मिक जागरण शभाको आयोजना गरेर यहाँ हुर्कदै गरेको नेपाली नयाँ पुस्ता र लामो समय विदेशमा बसेका नेपालीहरुलाई सनातनी संस्कृति भक्ति र ज्ञानको महत्व बुझ्न सहयोग पुग्ने बिस्वासका साथ् यो कार्यक्रम आयोजना हुन् लागेको हो।

नेपाल लगायत बिश्वमा हजारौ भक्त अनुयायी भएका प्रसिद्ध कथाबाचक पं. पोख्रेलको प्रेरणादायी आध्यात्मिक उपदेशले व्यक्तिमा आध्यात्मिक जागरण र समाजमा शान्तिको संदेश प्रबाह हुने गरेकोछ। शिक्षा स्वास्थ्य लगायत मानब कल्याणका बिभिन्न परियोजना संचालन गरिरहेका पण्डित पोख्रेलले भर्खरै अस्ट्रेलिया र जापानका कार्यक्रम सकेर एक महिने युरोप आध्यात्मिक जागरण यात्रा गर्दै हुनुहुन्छ। सोहि अवसरमा बेल्जियममा तीन दिने आध्यात्मिक महोत्सब हुन लागेको हो।

Leave A Reply

Your email address will not be published.