पेरिसको सान्ती पदयात्राले दिएको सन्देश

0

सम्पादकीय-‘चारदिशा’ ।

चाहे ब्याबसायिक पत्रकारिताको कुरा गरौ वा मिसन पत्रकारिताको,साथै पार्टी पत्रकारिताको कुरा भनौ वा स्वतन्त्र पत्रकारिताको । त्यसको लागि बिभिन्न शाखाहरुको समायोजन् र तालमेल हुनु आवश्यक हुन्छ । फोटो पत्रकारिता,कार्टुन पत्रकारिता,फिचर, डकुमेन्ट्री,टिपोट,सामाचार्, अन्तर्वाता , आलेख यस्ता कतिछन कती जुन बिना सिङ्गो पत्रकारिताको बाहनले गती लिन सक्दैन । रुपमा पत्रकारिता बुझ्न एउटा पत्रीका हेरेपछी केही सजिलो हुन्छ तर सारमा त्यस भित्रको कला पक्षले त्यसको स्तरियतालाई निर्धारण गर्दछ । रुप र सारको उचित संयोजनले मात्रै गुणस्तरीय पत्रीका वा पत्रकारितालाई जन्माउछ । त्यसको लागि राज्य वा समाजले आफुलाई मेहनत पुर्वक सुचना, चेतना,साहस,सान्ती, मनोरन्जन र मुस्कान दिन अहोरात्र खट्ने श्रमजिबी पत्रकारहरुलाई उचित बातावरण दिनु अपरिहार्य हुन्छ । राज्य वा समाजबाट प्रेश स्वतन्त्रता,अभिब्याक्ती स्वतन्त्रता र आस्थालाई उजागर गर्ने स्वतन्त्रताको ग्यारेन्टि हुनु जरुरी हुन्छ ।

Paris-attack-161

पेरिसको बिशाल सान्ती तथा यकबद्धता जुलुसले दिएको सन्देश पनि यो भन्दा भिन्न छैन । अर्को तर्फ उक्त ३.७ मिलियनको जुलुसले यो पनि छर्लङ्ग पारेको छ कि- ‘विचारलाई केही समयका लागि कसैले दबाउन वा गलाउन सकेको इतिहास भए पनि अधीनमा पार्न न कसैले सकेको छ न भविष्यमा कसैले सक्नेछ। विचारको तेज र शक्ति सशक्त र अटल हुन्छ। कुनै पनि प्रकारका आतंक वा आततायिले विचारबीजको संहार गर्न सक्दैनन । तर कायर, दुष्ट र रक्तपिपासुहरूलाई सधैं शक्तिको बलले सहि बिचार  र कलमको शक्तिलाई सिध्याउन सकिन्छ भन्ने भ्रम हुन्छ। कुनै एक वा दुई व्यक्तिको हत्या गरेर सम्पूर्ण मानवजातिलाई नै सत्य बोल्न रोक्न वा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन सकिन्छ भन्ने जुन भ्रम धर्मअन्ध अतिवादी तथा फाँसिबादी शक्तिले पालेका छन्, त्यसका विरोधमा सम्पूर्ण मानव समाज एकगठ छ। कसैले पनि केही व्यक्तिको निर्मम र त्रू्कर हत्या गरेर धर्म बचाउन सक्दैन। धर्म र ईश्वर आफैँमा ब्याक्तिगत आस्थासँग सम्बन्धित छन । हामी अतिवादी हिंसात्मक शक्तिसंग डराउँदैनौं। तिमीले सबैलाई मार्न सत्तै्कनौ।’

इस्लाम धर्मभित्रका कट्टरपन्थी विचारधाराको विरोधस्वरूप पैगम्बर मुहम्मदलाई पाहुना सम्पादकका रूपमा प्रस्तुत गर्दै सन् २०११ नोभेम्बर ३ को पत्रिकाको अंकलाई ‘सरिया हेब्डो’ का रूपमा निकाल्न लाग्दा पनि चार्ली हेब्डोका प्रधान सम्पादक स्टेफन चार्ब चार्बोनियर यस्तै आक्रमणको सिकार भएका थिए । ‘म प्रतिशोधबाट डराउदिनँ, मसँग सन्तान, श्रीमती, कार र ऋण छैनन् । यसो भन्दा अलिक आडम्बरी प्रतीत होला । तर घुँडा टेक्नुभन्दा म आफ्नै खुट्टामा उभिएर मर्न रुचाउँछु ।’ दुई वर्षअघि चार्ली हेब्डोका प्रधान सम्पादक स्टेफन चार्ब चार्बोनियरले फ्रान्सको सन्ध्ड’ सँगको अन्तर्वार्तामा भनेका थिए ।  उनी जुनसुकै परिस्थिति र परिणामका लागि तयार थिए । अन्ततः प्रकाशित सामग्रीकै कारण उनको ज्यान गयो । प्रजातान्त्रिक गणतन्त्र भएको मुलुकको आधार स्तम्भ अभिव्यक्ति स्वतन्त्रताका पक्षमा ४७ वर्षे चार्बले जीवन बलिदान दिए । उनीसँग सात सहकर्मी, दुई अंगरक्षक र अन्य दुई मारिए । हेर्दाखेरी आतंकवादीले गर्दै आएको अन्य संहारजस्तै लागे पनि यो प्रेस स्वतन्त्रतामाथिको आक्रमण थियो । त्यही भएर संसारभरका नागरिक समाज र सञ्चारकर्मीले गर्वका साथ छातीमा ‘म चार्ली हुँ’ भन्ने प्लेकार्ड झुन्ड्याउदै प्रेस स्वतन्त्रताको पक्षमा संसारलाई एकढिक्का हुन आह्वान गरे । चार्ली हेब्डो पत्रीकाका बचेँका सहकर्मिहरुले पनि अबको बुधबार साप्ताहिकको सर्कुलेसनलाई ६० हजारबाट बढाएर १० लाख पुर्‍याउने घोषणा गरेका छन ।Paris-attack-17

यो आक्रमणले पश्चिमा विश्वलाई पुनः एकपल्ट एकै ठाउँ बनाएको छ । पश्चिमा विश्वले आतंकवादविरुद्ध इराक, सिरिया, अफगानिस्तान, पाकिस्तान आदि मुलुकमा चलाएको युद्धलाई कसैले अहिलेसम्म साम्राज्यबादी अतिबादी आक्रमणको रुपमा व्याख्या गर्दै आएको भए पनि चार्ली हेब्डोमाथिको आक्रमणले त्यस्तो कार्यको औचित्य स्थापित गरिदिएको छ। अहिले विश्वको ध्यान र भावना पेरिसको एक गल्लीमा बसेर संसार भरका घटनालाई व्यंगात्मक दृष्टिले हेर्ने पत्रिका चार्ली हेब्डोले तानेको छ। यसमा कामगर्ने कार्टुनिस्ट जर्ज विलिन्स्की, जिन काबुट ‘काबु’, टिगोनेस तथा पत्रिकाका प्रकाशक चार्ब तथा यस जघन्य अपराधमा ज्यान गुमाउने अरू सबै व्यक्तिप्रति उच्च सम्मानका साथ समवेदना प्रकट गर्छौं र ‘चारदिशा’ यो पनि घोषणा गर्दछ कि तपाईंहरुको हत्याले हामीलाई बिचलित बनाएको छैन , हामी आततायी र रक्त पिपासु बिरुध्द हज्जार पटक जर्ज विलिन्स्की, जिन काबुट ‘काबु’, टिगोनेस र चार्ब बन्न तयार छौ ।

Leave A Reply

Your email address will not be published.