बेल्जियममा राष्ट्रनिर्माताको सम्झना !

0
चारदिशा, सम्बाददाता, बेल्जियम,
            नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।
 प्रवासी नेपाली एकता समाजव्दारा आयोजित जयन्तीमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले युगपुरुषलाई नेपालीहरुले सदैव स्मरण गर्नुपर्ने भन्दै उहाँको योगदान र एकताको सान्दर्भिकता अझ बढेको कुरा बताउनु भयो ।
 एन्तोर्पेन क्षेत्रका सँयोजक मदन गुरुङको सभापतित्वमा भएको एकता दिवस समारोहमा जनसम्पर्क समिति बेल्जियमका प्रवक्ता सुवास गुरुङ, प्रवासी नेपाली मँचका प्रतिनिधि गोपाल सिँखडा, एनआरएन बेल्जियमका सदस्य किरण शर्मा कडेल, क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्री, साँग्रिला समाजका अध्यक्ष खडक के.सी, अनेसासका महासचिव परमानन्द सापकोटा, बागलुङ समाजका उपाध्यक्ष एवँ सदस्य महेन्द्र पन्त, बागलुङ समाजका सँरक्षक गँगा प्रसाद शर्मा आदिले एकीकरणका प्रवर्तक शाहले दिलाएको नेपाली पहिचान र राष्ट्रियताप्रतिको गौरवको सदा सम्मान हुनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।
  राष्ट्रिय महासचिव दीपेन्द्र के.सी.ले सँचालन गर्नुभएको समारोहमा सचिव दीप कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रवासी नेपाली एकता समाजले स्थायी कार्यक्रमा रुपमा नेपाली नयाँ वर्ष, ल्होसार, दशैं र पृथ्वी जयन्ती आगामी वर्षहरुमा नियमित रुपमा  मनाउने निर्णय पनि गरेको छ ।
Leave A Reply

Your email address will not be published.