राजतन्त्र ब्युँताउन आन्दोलन चर्काउने चेतावनी

0

वीरगन्ज । सक्रिय राजतन्त्र पुनःस्थापनाको माग गर्दै सोमबार वीरगन्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । पृथ्वीजयन्ती मनाउनेक्रममा राजावादीहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन् । जुलुसमा हिन्दूराष्ट्र र सक्रिय राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरिएको थियो ।
होटेल सम्झनाबाट बाजागाजाका साथ निकालिएको जुलुसले नगरपरिक्रमा गरी माइस्थान मन्दिरअगाडि कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदान बिर्सिनेलाई इतिहासले माफी नदिने धारणा राखेका थिए ।
उनीहरुले ‘राष्ट्र जोगाउन’ सक्रिय राजतन्त्र पुनःस्थापनको आन्दोलन चर्काउने चेतावनीसमेत दिए । नेपाल राष्ट्रवाद संघ पर्सा, नेपाल विद्वत परिषद र राष्ट्रवादी राष्ट्रिय नागरिक संघर्ष समिति पर्साको संयुक्त सक्रियतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.