युरो नेपाल कलाकार संघको अधिबेशन सम्पन्न

0

चारदिशा; सम्बाददाता ;बेल्जियम ;

बेल्जियममा  नेपाली कला संस्क्रिति सँग सम्बद्ध रहेर नेपाली  कला संस्क्रितिको उथ्थानमा सकृय नेपाली कलाकारहरु, गीतकार , संगीतकार हरुको संस्था   युरो नेपाल कलाकार संघले  आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ ।
नेपाली चलचित्रकी चर्चित कलाकार पार्वती अधिकारीको अध्यक्षतामा ११ सद्सस्यिय कार्यसमितिको निर्माण गर्दै सम्पन्न अधिबेशनको उद्घाटन बेल्जियमका लागि नेपाली राजदुत राममणि पोख्रेल र एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम गरेका थिए ।
संघको उपाध्यक्षमा गरुड ध्वज गुरुङ (जिमी), महासचिबमा मुना ताम्राकार, सचिव शान्ति पुन र कोषाध्यक्षमा अमर राना चयन भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा नारायण धिताल, दुर्गा काजी शाक्य, संजय श्रेष्ठ (देबु), शारदा थापा, मिन थापा र दिपिका केसी रहेका छन् । संघको सल्लाहकारहरुमा संस्थापक अध्यक्ष मिन गुरुङ्,निबर्तमान अध्यक्ष पदम गुरुङ , बलराम पुन, रफी शाह, झलकमणी अधिकारी र पदेन सल्लाहकारमा एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम चयन भएका छन् । अधिबेशनले संस्थाले सन्चालन गर्दै आएको न्रित्य स्कुलको निर्देशकमा एन्तवेरपेनको लागि सोफि महर्जन र लुभेनका लागि झलकमणी अधिकारीलाई चयन गरेको छ ।
नेपाली चलचित्र, टेलिचित्र, नाटक, लगायत कलाकारिता क्षेत्रमा आबद्द रहेकी कलाकार अधिकारीले आफु सर्बसम्मत निर्बाचित भए पछी नेपाली कलाक्षेत्रको बिकासमा सक्दो योगदान दिने बाचा गरिन ।

pddddparbati dd1pdddnabin subba pddddddd

 

Leave A Reply

Your email address will not be published.