नेपाली जनप्रगतिशील मंच बेल्जियमले अधिबेशन गर्दै

0

नेपालमा जनयुद्ध र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई सहयोग गर्ने गरि स्थापना भएको नेपाली जन-प्रगतिशील मंच बेल्जियमले संगठनको तेर्हौ अधिबेशन गर्ने भएकोछ ।

सन 2000 मा जनयुद्ध सहयोग समितिको नाममा स्थापना भएर २००१ मा नेपाली जनप्रगतिशील मंच बनेको संस्था हालका दिनमा नेकपा माओबादीको बैदेशिक इकाइको रुपमा सक्रिय रहदै आएकोछ ।  संगठनका अध्यक्ष प्रकाश पौडेलका अनुसार आफ्नो दुई बर्षे कार्यकाल पुरा भएकोले आउदो जुन महिनाको एक तारिख लुभेनमा अधिबेशन गर्न लागिएको हो ।

पौडेलका अनुसार नेकपा माओबादिका केन्द्रीय पदाधिकारी एबम युरोप कमिटिका पदाधिकारीहरु उपस्थित हुने अधिबेशनमा बेल्जियमका राजनीतिक, सामाजिक, क्षेत्रीय जातीय संघ-संस्थाका प्रतिनिधि र संगठनका सदस्यहरुको सहभागिता रहनेछ।

संगठनको बिधानमा आबस्यक संसोधनका लागि कृष्ण तिवारी, ब्यबस्थापनका लागि मनिस गुरुङ र आगामी कार्यसमितिको निर्बाचनका लागि कृष्ण तिवारी, लोक दाहाल र अर्जुन अधिकारी रहेको समिति गठन गरिएकोछ।

अधिबेशनले बिधान परिमार्जन गर्नेछ भने आर्थिक र प्रगति प्रतिबेदनको समिक्षा गरेर पारित गर्नेछ।

मंचको अधिबेशनमा हाल नेपालको प्रमुख प्रतिपक्षी दल रहेको नेकपा माओबादी मार्फत प्रबासमा रहेका नेपालीका समस्या समाधानका लागि सुझाब दिने र लबिङ्ग गर्नका लागि अनुरोध गरिने, बेल्जियमको नेपाली समुदाय भित्र सामाजिक सम्बन्ध बिस्तारको पहल गर्ने लगायतका एजेन्डा रहेको संगठनकि महासचिब कल्पना मगरले बताउनु भएकोछ।

Leave A Reply

Your email address will not be published.