जनयुद्धलाई मेटाउने प्रयास नगर्न प्रचण्डकाे चेतावनी

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका उपलब्धि उल्टाउने प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टीले मनाएको जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले संविधानका उपलब्धिमा युद्धको आधार भएको भन्दै अहिले एकाथरी शक्तिले अग्रगामी व्यवस्था उल्टाउन लागेको आरोप लगाउनुभएको हो ।

कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी फेरि पनि यो देशका आमश्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायत उत्पीडित समुदाय र क्षेत्रको एजेन्डामा फर्केको प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । जनयुद्ध दिवस राष्ट्रिय दिवस भएको उल्लेख गर्दै उहाँले अहिले शान्ति प्रक्रिया नटुङ्ग्याएकाे कारण देखाएर अदालतले स्थगन गरे पनि यसलाई राष्ट्रिय दिवसका रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको तर्फबाट आयोजित ३०औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धलाई मेटाउने प्रयास नगर्न चेतावनी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.