राजाबादीहरुको अराजकता बिरुद्ध बेल्जियमका बैचारिक संस्थाहरुको संयुक्त बिज्ञप्ति,

0

नेपालमा गत शुक्रबार राजाबादीहरुले गरेको हिंशात्मक गतिबिधि र जनधनको क्षतिको बिरोध गर्दै बेल्जियमस्थित  वैचारिक संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति जारि गरेकाछन् ।

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङ, नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बलकृष्ण कडेल र नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको अध्यक्ष मेख गुरुङले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा गणतन्त्रमा स्वतन्त्र रुपमा आफ्ना बिचार अनुसार गतिबिधि गर्न छुट भए पनि हत्या हिंशा गर्न उक्साउनु र गर्नु कानुनि राज्यको खिलाप भएको त्यसखाले शक्तिको पहिचान गरि कारबाही गर्न माग गरिएकोछ।

नेपाली जनताको अभुतपूर्व वलिदानीपूर्ण संघर्षबाट पराजित भएको राजतन्त्र पुनर्बहाली हुन र गर्नको लागि भइरहेको सस्तो हर्कतको आजको २१ सौ सताब्दिमा कुनै औचित्य नहुने भनिएकोछ। राजा फर्काउने नाममा भएको आगजनी, लुटपाट र मानबिय क्षतिको बिरोध गणतान्त्रिक संबिधान अनुसार शिकार्य नहुने र यहि संबिधान भित्र रहेर राजनैतिक अस्थिरता, बैदेशिक हस्तक्षप, भ्रस्टाचार र महंगी बिरुद्ध लड्न र नेपाली जनताको आकांक्षा पुरा गर्न आग्रह अग्रिएकोछ।

ने पूर्व राजसंस्थाको पुनर्बहाली गर्ने कथित अभियान नेपालको वर्तमान लोकतान्त्रिक गणतान्त्रिक संविधान र भवना विपरी प्रतिगमनकारी कदम हो, भएकोले देशले प्रतिगमन नस्विकार्ने बिज्ञप्तिमा उल्लेख गरिएकोछ।

बिज्ञप्तिमा राजावादीहरुको आयोजनामा गत २५ गते भएको अराजक गतिविधि, आगजनी, तोडफोड, लुटपाट र मानबीय क्षति गर्ने गतिविधिमा संलग्न अपराधीहरूलाई कडा कारबाहीको माग गरिएकोछ।

Leave A Reply

Your email address will not be published.