प्रवासी नेपाली मंच बेल्जियमले स्थापनाको बिसौ बार्षिकोत्सब मनाउदै, महासचिब शंकर पोख्रेल सहित युरोप भरिका एमाले कार्यकर्ता बेल्जियम आउने,
प्रवासी नेपाली मञ्च बेल्जियमले आफ्नो स्थापनाको बीसौं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। आगामी जुनको ८ र ९ तारिख हुने बार्षिकोत्सब समारोहमा नेकपा एमालेका महासचिब शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ।
सोहि अवसरमा मंचले प्रकाशन गरेको “प्रवासमा रहेका नेपालीहरूको योगदान, अनुभव, र मञ्चको विगतदेखि वर्तमानसम्मको यात्रा” समेटिएको स्मारिकाको पनि बिमोचन गरिने भएकोछ।
पहिलो दिन प्रवासी नेपाली मंच बेल्जियमको बार्षिकोत्सब कार्यक्रम सम्पन्न भए संगै सोहि स्थानमा प्रवासी नेपाली मञ्च यूरोपको बैठक समेत आयोजना गर्न लागिएकोछ।
बैठकमा महासचिब पोख्रेल सहित युरोपभरिका विभिन्न देशहरूबाट नेकपा एमाले सम्बद्ध नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
पार्टीका महासचिब लगायतका नेताहरु संग युरोपका बिभिन्न देशका संगठनका पदाधिकारीहरुले छलफल गर्ने र युरोपका नेपालीका समस्या समाधानका लागि संगठनलाई कसरि परिचालन गर्ने बारेमा नीति तय गरिने बैठकको उद्यस्य रहेको मंचको युरोप कमिटिका सचिब सालिक थपलियाले जानकारी गराउनु भएकोछ।
प्रत्येक बर्ष हुने युरोपियन बैठकको आयोजना दोश्रो पटक बेल्जियमले गर्न लागेको हो।
बार्षिकोत्सब र युरोपियन बैठक बारेमा जानाकारी दिदै प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपानेले भने “मञ्चको विगत २० वर्षको यात्रालाई समेटेर प्रकाशन गरिएको स्मारिकाको समिक्षा, संगठनको बिगत बर्तमान र आगामी योजनाका साथै युरोपस्तरीय नेपाली समुदायबीच आपसी समन्वय, सहकार्य र साझा चुनौतीहरूको समाधानमा छलफल गरिनेछ” ।