बेल्जियमको एन्तवेर्पेन सहरमा बस्ने नेपाली मुलका युबा क्रिकेटर निश्चल श्रेष्ठले इयू टी–२० लिग बेल्जियमको क्रिकेट क्लब जेबी ब्रुग्सबाट खेल्ने भएका छन। मार्च २४ मा भएको ड्राफ्टमार्फत बेल्जियन खेलाडी तर्फ ‘बेल्जियन स्टार’ कोटाबाट जेबीले निश्चललाई अनुबन्ध गरेको हो।
काठमाडौंमा जन्मिएका निश्चलले केही वर्ष चितवनमा र काठमान्डूमा क्रिकेट सिकेका थिए भने काठमाडौंमा विद्यालयस्तरको क्रिकेट प्रतियोगितामा खेलेका थिए । २००८ मा बेल्जियम आए देखि बेल्जियमको घरेलु क्रिकेट खेल्दै आएका छन्। उनले बेल्जियमको यू–१७ र यू–१९ टोलीबाट पनि केही खेल खेलेका थिए।
बिद्यालयका केही वर्ष क्रिकेटबाट टाढिएका उनी पछिल्ला वर्षहरूमा पुनः क्रिकेट खेलाडीका रुपमा रोयल एन्टवर्प क्रिकेट क्लबमा बोर्ड सदस्य, खेलाडी तथा जुनियर प्रशिक्षकका रूपमा सक्रिय छन् र स्थानीय खेलाडीलाई क्रिकेट सिकाउने काम पनि गर्दै आएका छन्।
श्रेष्ठले सेलेक्ट भए पछि आफु निकै उत्साहित भएको र नेपालि खेलाडी संग मैदान साझा गर्न पाउदा झन् गर्बको महशुस भएको बताएकाछन,
जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । जेबिले नेपालका अन्य पाच नेपाली खेलाडीलाई पनि अनुबन्ध गरेको छ ।