प्राकृतिक सारीरिक सुगठन प्रतियोगिताको बेल्जियम च्याम्पियनसिप नेपाली युबाले जितेकाछन। अक्टोबर १९ तारिक टिनेनमा भएको खुला प्रतियोगिता र ओस्टेण्डे शहरमा सम्पन्न भएको राष्ट्रिय पर्दर्शनिमा नेपाली बडि बिल्डर पशुपति कँडेल बिजेता बनेका हुन्।
१९ तारिक बेल्जियममा भएको राष्ट्रिय स्तरको अघिल्लो सारीरिक सुगठन प्रतिष्पर्धा तृतीय र अक्टोबर २५ तारिकको प्रतिष्पर्धामा उनले ६८ किलो भन्दा कम तौल समुहबाट प्रथम भइ गोल्ड मेडल लिन सफल भएका छन्।
२०२३को प्रतिष्पर्धामा समेत उनले दुई पटक बेल्जियम च्याम्पियनशिपमा गोल्ड मेडल लिएका थिए , यो बर्ष पुन प्रथम भएर उनि युरोपमा प्राकृतिक सारीरिक सुगठनको दुनियामा उदाएकाछन्।
प्रतियोगिता जिते पछि कंडेलले शरीर नै आफ्नो पहिचान भएका कारण शरीरलाई आफूले निकै ध्यान दिने बताएकाछन ।
खानामा विशेष रूपले ध्यान दिन आग्रह गर्दै उनले शरीरलाई तन्दुरुस्त एवं फुर्तिलो राख्न डाइटका रूपमा चिल्लोरहित खानेकुरा, फलफूल, चिकेन, बफ, अण्डा, चना, मल्टी भिटामिन, सप्लिमेन्ट्री तथा प्रोटिनयुक्त खाद्यपदार्थलाई प्राथमिकतामा राख्न सबैलाई सुझाव दिएका छन् ।
आफ्नो शरीरलाई व्यवस्थित बनाउन उनी प्रत्येक दिन २ घण्टा जिम र साइक्लिङ, वाकिङ तथा ट्रेडमिलमा गर्ने गरेको कंडेलले बताएकाछन।
केही वर्ष अघिदेखि बडी बिल्डिङ (शारीरिक सुगठन)मा लागेका कँडेल अहिले ३६ वर्षका भए, बडी बिल्डिङमा उनको बिराम लागेको छैन । उनले द्रुतगतिमा आफ्नो नाम बेल्जियमको कीर्तिमानीको सूचीमा राखेर अति कडा मेहनतले सबैले अवसर दिने र सफल हुने बिश्वास जगाएकाछन।
सन् १९९६ मा गठन भएको प्राकृतिक शरीर सुगठन संगठन बेल्जियम ( NCOBB ) अहिले एक पूर्ण विकसित महासंघमा विकसित भएको छ जसले अन्तर्राष्ट्रिय प्राकृतिक शरीर सुगठन महासंघमा महत्वपूर्ण भूमिका निभाउदै आएकोछ। जसको च्याम्पियन कंडेल बनेका हुन् ।
अन्तर्राष्ट्रिय रूपमा, युरोपेली र विश्व च्याम्पियनशिपहरूमा भाग लिएको एन्सिओबि बेल्जियमले १९९७, २००३ र २०१६ मा सारीरिक सुगठनको विश्वकप सफलतापूर्वक आयोजना गरेकोछ।